राष्ट्रिय मानवअधिकार आयोगको टोली चोलेन्द्रको सरकारी निवासमा



काठमाडौँ । निलम्बित प्रधानन्यायाधीश चाेलेन्द्रशमशेर जबराले सञ्चारमाध्यमहरुमा आफूलाई ‘नजरबन्द’ जस्तै अवस्थामा राखिएकाे बताएपछि राष्ट्रिय मानवअधिकार आयोगको टोली उनको निवासमा पुगेको छ ।

आयोगको टोली उनको निवासमा पुगेर वस्तुस्थितिबारे अनुगमन गरेको छ । आयोगको कार्यालय स्रोतका अनुसार आयोगको टोलीले यसबारे जबरासँग छलफलसमेत गरेको छ ।