राष्ट्रपतिले नागरिकता विधयेक रोक्नु असंवैधनिक : गृहमन्त्री



रुपन्देही । गृहमन्त्री बालकृष्ण खाँणले नागरिकता विधेयक रोकेर राष्ट्रपतिले असंवैधानिक कदम चालेको आरोप लगाएका छन् । सोमबार बुटवलमा आयोजित कार्यक्रममा गृहमन्त्री खाँणले संविधान मान्नुपर्ने अधिकारीबाटै यसको उल्लंघन हुनु दुःखद भएको बताएका हुन् ।

उनले कुनै पनि नागरिक नागरिकताबाट बञ्चित हुने छैन भनी संविधानमै उल्लेख भएकाले त्यसैका आधारमा सरकारले नागरिकता विधेयक तयार पारेको बताए ।


गृहमन्त्री खाँणले नागरिकता विधेयक पारित नहुदाँ लाखौं नेपाली अनागरिक भएर बस्नुपर्ने अवस्था आएको र नागरिकता नहुँदा एउटा सिमकार्ड किन्न समेत समस्या सिर्जना भएको बताए ।

खाँणले मुलुकमा सुशासन कायम गर्न सबैले संविधानको पालना गर्नुपर्नेमा जोड दिँदै मन र मस्तिष्क जोडेर काम गर्न सके मानवीय विकास सम्भव रहेको बताए । उनले स्वच्छ भयरहित निर्वाचन गर्न सरकार तयार रहेको बताए।