राष्ट्रपतिको कदम लोकतान्त्रिक व्यवस्थाको मूल्य मान्यतामाथिको प्रहार : गठबन्धन



काठमाडौँ । नागरिकता विधेयक प्रमाणीकरण नगर्ने राष्ट्रपति विद्यादेवी भण्डारीको कदमप्रति सत्ता गठबन्धनले आपत्ति जनाएको छ ।

बुधबार बालुवाटारमा बसेको बैठकपछि जारी विज्ञप्तिमा राष्ट्रपतिको कदमले संवैधानिक व्यवस्थामाथि नै प्रहार गरेको उल्लेख गरिएको छ । मंगलबार राति १२ बजेसम्म विधेयक प्रमाणीकरण गरिसक्नुपर्ने समयसीमा थियो । तर, राष्ट्रपतिले बेवास्ता गरिदिएकी थिइन्।