राप्रपा अध्यक्ष लिङ्देनद्वारा सांसद पद परित्यागको घोषणा



काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले सांसद पदबाट राजीनामा घोषणा गरेका छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा अध्यक्ष लिङदेनले सांसद पद त्याग गरेको घोषणा गरेका हुन् ।

उनले निर्वाचनको मिति घोषणा भइसकेको अवस्थामा नयाँ प्रतिनिधिले शपथ नलिएसम्म अहिलेको संसदको आयु बढाउन खोजिएको भन्दै अब सांसद पद त्याग गरेको घोषणा गरेका हुन् ।


संसदको चुनाव घोषणा भइसकेपछि संसद भंग हुनुपर्ने र सरकार काम चलाउन हुने मान्यता राप्रपाको रहेको भन्दै संसदको आयु लम्बाउने काममा राप्रपाको समर्थन नहुने उनले बताए। उनले भने,’ आजबाट सांसदको रुपमा यहाँ उपस्थित हुने छैन। मेरो नाममा पठाइने तलब, भत्ता र सुविधा रोक्का गरियोस्।’