मुगुमा पाठेघरको सफल शल्यक्रिया



मुगु । हिमाली जिल्ला मुगुमा पाठेघरको सफल शल्यक्रिया गरिएको छ । विशेषज्ञ डा सुरेन्द्र शाक्यको नेतृत्वमा खटिएको टोलीले सोरु गाउँपालिका–६ की ७० वर्षीया मोतिउ रोकायाको जटिल प्रकारको पाठेघर खस्ने समस्याको शल्यक्रिया गरेको हो ।

टोलीले पाठेघरको जटिल शल्यक्रिया सफल गरेको जिल्ला अस्पताल मुगुका डा अर्जुन भामले बताए । उक्त शल्यक्रियामा चिकित्सकहरू विशेषज्ञ डा सुरेन्द्र शाक्य, अर्जुन भाम, स्टाफ नर्स सुनिता वली र सिनियर अनमी रामदेवी केसीलगायतको चिकित्सक टोलीले रोकायाको पाठेघरको सफल शल्यक्रिया गरेको उनले बताए ।


कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लाले मुगु अस्पतालमा विशेषज्ञ चिकित्सक सुरेन्द्र शाक्यलाई पठाएपछि समान्यदेखि जटिल शल्यक्रिया अस्पतालमै हुन थालेको छ । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लालले केही वर्ष पहिले पनि विशेषज्ञ डाक्टर पठाएको र विशेषज्ञ सेवा सुचारु हुने गरेको भए पनि बीचमा विशेषज्ञ डाक्टर नहुदाँ सेवा रोकिएको थियो ।

डेढ वर्षदेखि विशेषज्ञ डाक्टर नहुँदा सामान्य शल्यक्रियादेखि जटिल खालका बिरामी सुर्खेतदेखि नेपालगञ्जसम्म जाँदा बिरामीको उपचारमै लाखौँ रकम खर्च हुने गरेको थियो । पुनः जिल्ला अस्पतालले विशेषज्ञ डाक्टर पाएपछि शल्यक्रिया मुगुमै हुने भएपछि स्थानीय खुसी भएका छन् ।