महानगरले अनामनगर क्षेत्रका अनधिकृत संरचनामा चलायो डोजर



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले अवैध संरचना भत्काउने कामलाई तीव्रता दिएको छ । 

महानगरपालिकाले अनामनगर र धोबीखोला नदी किनार क्षेत्रमा बनेका अनधिकृत संरचना भत्काउन सुरु गरेको छ । शुक्रबार महानगपालिकाले अनामनगर क्षेत्रका अवैध संरचना डोजर लगाएर भत्काएको हो ।


सो क्रममा महानगरले अनामनगरको अक्सिडेन्टल पब्लिक स्कुलले बनाएको अवैध संरचना भत्काएको छ । नक्साविपरीत बनेको पर्खालहरुमा महानगरपालिकाले डोजर चलाएको हो । महानगरपालिकाले केही हप्तादेखि अवैध संरचनाहरु हटाउन डोजर चलाउँदै आएको छ । सडक सीमा मिचेर बनाइएका अग्ला पर्खालसमेत महानगरले भत्काउन थालेको छ ।

नक्सा विपरीत बनेका र सार्वजनिक स्थानमा बनेका संरचनालाई भत्काउने अभियान निरन्तर चल्ने महानगरले जनाएको छ ।