महानगरको ट्राफिक विज्ञ सल्लाहकारमा श्रेष्ठ नियुक्त



काठमाडौँ । काठमाडौँ महानगरपालिकाले पूर्व प्रहरी वरिष्ठ उपरीक्षक जगतमान श्रेष्ठलाई ट्राफिक प्रहरी सल्लाहकारमा नियुक्त गरेको छ । प्रमुख स्तरीय निर्णयबाट उनलाई मंगलबार नियुक्त गरिएको हो ।

श्रेष्ठले नेपाल प्रहरी सेवामा हुँदा सेवा र अनुसन्धानका क्षेत्रमा तालिम तथा अनुभव हासिल गरेका छन् । उनले प्रहरी अधिकृतको आधारभूत तालिमसँगै मानव अधिकार तथा कानुन कार्यान्वयन, प्रहरी व्यवस्थापन, विपद व्यवस्थापन, अपराध अनुसन्धान, विशिष्ट सवारी परिचालनलगायत विषयमा तालिम गरेका छन् ।


यसैगरी भारतबाट ट्राफिक व्यवस्थापन, चीनबाट विकासोन्मुख देशमा ट्राफिक प्रशासन, दक्षिण अफ्रिकाको जाम्बियाबाट ट्राफिक सडक सुरक्षा विषयमा तालिम लिएका छन् । यस्तै उनले यातायात र सडक व्यवस्थापन तथा सुरक्षाका अन्य दर्जन बढी शीर्षकमा तालिम लिएका छन् ।

उनले तालिम एिका अन्य विषयमा दुर्घटनाका सिद्धान्त, आचरण र जोखिमका सिद्धान्त, विश्व इतिहासमा ट्राफिक, यातायात व्यवस्थापनलगायत छन् । सन् २००१ मा संयुक्त राष्ट्र संघीय मिसन कोसोभोमा उनले भाग लिइसकेका छन् । उनले यसअघि उपत्यका ट्राफिक प्रहरी कार्यालयको प्रमुखको रुपमा काम गरिसकेका छन् ।