मनास्लु आधार शिविरमा हिमपहिरो, बेपत्ताको उद्धार गरिदै



गोरखा । गोरखाको मनास्लु हिमालको आधार शिविरमा हिमपहिरो गएको छ । चुमनुब्री गाउँपालिका–१ स्थित मनास्लु हिमालको आधार शिविरमा सोमबार बिहान ११:३० बजे हिमपहिरो गएको हो ।

मनास्लु हिमालको तेस्रो र चौथो क्याम्पको बीचमा सोमबार हिमपहिरो जाँदा केही पर्यटक बेपत्ता भएको प्रहरीले जनाएको छ ।


हिमपहिरोमा परी केही व्यक्ति घाइते भएको भनिए पनि यकिन विवरण प्राप्त नभएको प्रहरीको भनाइ छ । खराब मौसमका कारण हिपमहिरोमा फसेकाहरूको उद्धारमा कठिनाइ भएको छ ।