भोजपुरमा ८८ प्रतिशत रोपाइँ



भाेजपुर । पूर्वीपहाडी जिल्ला भोजपुरमा ८८ प्रतिशत रोपाइँ सकिएको छ । जिल्लाको कूल खेतीयोग्य जमिन ६२ हजार दुई सय ९९ हेक्टर रहेको छ । कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगका अनुसार भोजपुरमा धान लगाउने क्षेत्रफल १८ हजार ९२ रहेको छ । जसमा १५ हजार नौ सय २० हेक्टर क्षेत्रफलमा धान रोपाइँ भएको छ ।

भोजपुरको देउराली, टक्सार, कोट, बोखिम, गुप्तेश्वर, मूलपानीलगायत ठाउँलाई धानका लागि पकेट क्षेत्र मानिएको छ । प्रदेश १ मा भने हालसम्म करिब ८९ प्रतिशत धान रोपाइँ भएको छ । आठ लाख २६ हजार छ सय ४६ कूल खेतीयोग्य जमिन प्रदेश १ मा छ । धान लगाउने क्षेत्रफल तीन लाख ४० हजार आठ सय २९ मध्ये तीन लाख एक हजार चार सय १९ हेक्टर क्षेत्रफलमा अहिलेसम्म रोपाइँ भएको कृषि विकास निर्देशनालय प्रदेश नम्बर १ विराटनगले जनाएको छ ।