भियतनाममा आठ महिनामा भ्रष्टाचारसम्वन्धी एक लाख २० हजार मुद्दा



भियतनाममा गत आठ महिनामा मात्रै भ्रष्टाचारसम्बन्धी एक लाख २० हजारभन्दा बढी मुद्दा परेका छन् । भियतनामको संसदमा बिहीबार पेश गरिएको विवरणमा सन् २०२२ को अहिलेसम्ममा भ्रष्टाचारसम्बन्धी एक लाख २० हजार भन्दा बढी मुद्दा परेको उल्लेख गरिएको छ ।

सरकारले भ्रष्टाचारविरुद्ध आक्रमक रूपमा अभियान चलाईरहेकाले भ्रष्टाचारसम्बन्धी मुद्दा बढेको सरकारी अधिकारीहरूको भनाइ छ ।


‘हामीले यस बर्ष भ्रष्टाचारविरुद्ध शसक्त अभियान चलाएका छौँ, त्यसबाट धेरै सकारात्मक नतिजा पनि आएको छ,’ एक सरकारी अधिकारीले भने ।

दर्ता भएका मुद्धाको सङ्ख्या यती भए पनि भ्रष्टाचारका घटना भने यो भन्दा धेरै रहेको पनि अधिकारीहरुले अनुमान गरेका छन् । उनीहरुले भ्रष्टाचार विरुद्धको अभियानलाई अझ तिव्रताका साथ अगाडि बढाउने अठोट पनि व्यक्त गरेका छन् ।