भियतनामको बारमा आगलागी, ३२ जनाको मृत्यु



भियतनामको दक्षिणी शहर थुआन आनको केराओके बार भएको भीषण आगलागी हुँदा कम्तीमा ३२ जनाको मृत्यु भएको छ । घटनामा अन्य थुप्रै घाइते भएका छन् ।

भियतनामी सञ्चार माध्यमअनुसार मंगलबार राति केराओके बार रहेको भवनको दोस्रो तलाबाट आगलागी सुरु भएको थियो । त्यसबाट निस्केको धुँवामा कैयौ ग्राहक तथा कर्मचारी परेका थिए ।


आपत्कालीन बाटोमा पनि मानिस च्यापिन पुगेका थिए । आगलागीको सुरुवात दोस्रो तलाबाट भएको थियो र चाँडै नै तेस्रो तलामा पुगेको थियो । त्यहाँ तीव्र रुपमा जल्न सामग्री राखिएको थियो ।

जनसुरक्षा मन्त्रालयकाअनुसार मारिनेमा १७ जना पुरुष र १५ जना महिला छन् । आगलागी भएको समयमा सो स्थानम करिव ६० जना मानिस रहेको बताइएको छ । आगोबाट जोगिनका लागि कैयौ मानिस बालकोनीमा भेला भएक थिए ।

आगोबाट जोगिनका लागि ४ जनाले दोस्रो र तेस्रो तलाबाट हामफालेको बताइएको छ । हो ची मिन्ह शहरसँग जोडिएको थुआन आनमा भएको यो घटनाको प्रहरीले जाँच गरिरहेको छ।