बाढीले बगाउँदा दोधारा चाँदनीमा एकको मृत्यु



दोधारा चाँदनी । बाढीले बगाउँदा कञ्चनपुरको दोधारा चाँदनीमा आज एक जनाको मृत्यु भएको छ ।

जोगबुढा नदीमा आएको बाढीले दोधारा चाँदनी–३ बडुवाल टोलका ५३ वर्षीय रन्दलाल वादी रहेको इलाका प्रहरी कार्यालयले जनाएको छ ।


वादीलाई दाउरा सङ्कलन गर्ने क्रममा बाढीले बगाएको हो । उनको शव प्राथमिक स्वास्थ्य केन्द्रमा राखिएको प्रहरीले जनााएको छ ।