बागमती प्रदेश प्रमुख शर्माले जारी गरे प्रदेश स्वास्थ्य सेवा अध्यादेश 



मकवानपुर । बागमती प्रदेश प्रमुख यादव चन्द्र शर्माले संविधान बमोजिम बागमती प्रदेश मुख्यमन्त्री तथा मन्त्रिपरिषद्बाट पारित भई आएको एक अध्यादेश आज जारी गरेका छन् ।

उनले जारी गर्नुभएको अध्यादेश प्रदेश स्वास्थ्य सेवा ऐन २०७५ लाई संशोधन गर्न बनेको अध्यादेश रहेको प्रदेश प्रमुख सचिवालयले जनाएको छ ।