बंगलादेशविरुद्धको खेलका लागि नेपाली टोली घोषणा



काठमाडौँ । अर्को साता बंगलादेशविरुद्ध हुने अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलको लागि अन्तिम टोली घोषणा गरिएको छ । प्रशिक्षक प्रदीप हुमागाईले दुई नयाँ खेलाडी समेट्दै राष्ट्रिय टोली घोषणा गरेका हुन् । युवा फरवार्डद्वय ऋतिक खड्का र आशिष चौधरी टिममा पर्दा अनुभवी नवयुग श्रेष्ठ भने टोलीमा परेनन् ।

प्रशिक्षक हुमागाईले घोषणा गर्ने क्रममा नवयुग अन्य खेलाडीझैं टोलीमा पर्न योग्य रहेको तर यसपटक पर्न नसकेको जानकारी दिए ।


मैत्रीपूर्ण खेलका लागि घोषित टोलीमा प्रशिक्षक हुमागाईले आश्चर्यजनक निर्णय गर्दै ४ गोलरक्षक समेटेका छन् । उनले चोटको समस्या रहेको बताउँदै ४ गोलरक्षक टोलीमा राखेको बताए । नेपाल र बंगलादेशबीच दशरथ रंगशालामा असोज ११ गते खेलहुँदैछ ।

२३ सदस्यीय टोलीमा
गोलरक्षकः किरण चेम्जोङ, विशाल श्रेष्ठ, दीप कार्की, विकेश कुथु

डिफेण्डरः रोहित चन्द, अनन्त तामाङ, विकास तामाङ, विकास खवास, दीनेश राजवंशी, सुमन अर्याल, रन्जित धिमाल

मिडफिल्डरः सुदिप गुरुङ, तेज तामाङ, सेसेहाङ आङदम्बे, विशाल राई, सुजल श्रेष्ठ, सुरज ज्यु ठकुरी, एरिक विष्ट

फरवार्डः विमल घर्ती मगर, अन्जन विष्ट, ऋतिक खड्का, मनिष डाँगी र आशिष चौधरी