काठमाडौँ । भृकुटीमण्डपस्थित फनपार्कले काठमाडौँ महानगरलाई कर बुझाएको छ । काठमाडौं महानगरको २४ घण्टे अल्टिमेटमपछि फनपार्कले कर बुझाएको हो । फनपार्क सञ्चालक र काठमाडौं महानगरपालिकाबीच बिहीबार छलफल पछि कर तिर्न सहमत भएको हो।
महानगरपालिकाअन्तर्गत राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार फनपार्कका अधिकारीले कर बुझाएको जानकारी दिए। उनले मनोरञ्जन करबापत १७ लाख ३७ हजार रुपैयाँ बुझाएको बताए । बुधबार महानगरपालिकाले बाँकी रहेको कर २४ घन्टाभित्र तिर्न पत्र काटेको थियो।