प्रतिनिधिसभा निर्वाचन : गृहमन्त्री खाण रुपन्देही–३ बाट सिफारिस



रूपन्देही । नेपाली कांग्रेसले रुपन्देही क्षेत्र नं ३ बाट प्रतिनिधिसभाको निर्वाचनका लागि गृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणको नाम सिफारिस गरेको छ ।

कांग्रेस क्षेत्र नं ३, क्षेत्रीय समितिको आज भैरहवामा बसेको नवौँ नियमित बैठकले गृहमन्त्री खाणको नाम सर्वसम्मत उम्मेदवारका रूपमा सिफारिस गरेको क्षेत्रीय सभापति सुशील गुरुङले जानकारी दिए । खाणको नाम यसअघि क्षेत्र नं २ बाट पनि सिफारिस भएको थियो ।