पाकिस्तानमा खाद्य अभाव नरहेको दावी



बाढी पहिरोबाट आक्रान्त पाकिस्तानमा खाद्य पदार्थको अभाव नहेको दावी गरिएको छ । पाकिस्तानको राष्ट्रिय खाद्य व्यवस्थापन समन्वय केन्द्रले खाद्य पदार्थ नभएर समस्या उपन्न हुने अवस्था नरहेको स्पष्ट पारेको हो । आगामी छ महिनाका लागि पुग्नेगरी खाद्य पदार्थको भण्डारण गरिएकोले चिन्ता लिनु नपर्ने केन्द्रका अधिकारीहरूको दावी छ ।

पाकिस्तानमा पछिल्लो समय बाढी पहिरोका कारण दैनिक रुपमा जनधनको क्षति भइरहेकाले खाद्य पदार्थको पनि अभाव हुनसक्ने चिन्ता व्यक्त भइरहेका बेला अधिकारीक निकायका अधिकारीहरूले खाद्य पदार्थको अभाव नरहेको स्पष्ट पारेका हुन् । अहिले भण्डारण भएको खाद्य पदार्थ सकिने बेलासम्म अर्को बाली भित्र्याइने भएकाले पनि खाद्य पदार्थको समस्या नहुने अधिकारीहरूको विश्वास छ ।


पाकिस्तानमा अहिलेको मनसुन सुरु भएदेखि यता बाढी पहिरोका कारण एक हजार पाँच सयभन्दा बढीको मृत्यु भएको छ भने झण्डै १३ हजार घाइते भएका छन् । गत मध्य जुनदेखि पाकिस्तानमा मनसुन सुरु भएको र लगातारको बर्षाका कारण अनेपिक्षत क्षति भएको अधिकारीहरूले बताएका छन् । यसअवधिमा २० लाख १० हजार भन्दा बढी घर क्षतिग्रस्त भएका छन् । घर क्षतिग्रस्त भएपछि लाखाँै मानिस घरवार विहिन भएका छन् । उनीहरू विभिन्न अस्थायी शिविरमा बसिरहेका छन् ।