पवनदीप र अरुनिताको ‘घाम झैं बलेकी’



काठमाडौँ । एसपी सापकोटाको शब्द रहेको नयाँ गीत ‘घाम झैं  बलेकी’ बोलको गीत सार्वजनिक गरिएको छ । बिहीबार राजधानीमा एक कार्यक्रम गरी गीतको भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो कर्म एसपी सापकोटा युट्यूव च्यानलबाट सार्वजनिक गरिएको छ ।

गीतमा इन्डियन आइडल १२ का बिजेता नेपाली मुलका पवनदीप राजन र इन्डियन आइडल १२ कै प्रतिस्पर्धी अरुनिता कान्जीलालको स्वर रहेको छ । यो नै पवनदीपको पहिलो नेपाली गीत हो । गीतका संगीतकार भने शिखर सन्तोष हुन् । गीतमा एरेन्जर उदयराज पौडेलले एरेन्ज गरेका छन् ।


भिडियोलाई पछिल्लो समय नेपाली फिल्मका निकै ब्यस्त डि.ओ.पी. सुदीप बरालले निर्देशन गरेका हुन् । भिडियोमा कार्टुन क्रयू कि चर्चित मोडल आश्मा विश्वकर्मा र अभिनेता राजकुमारले अभिनय गरेका छन् । राजकुमारले यसअघि नेपाली फिल्म ‘साइँनो’ मा अभिनय गरेका थिए ।

गीतको भिडियोलाई पोखरा र पोखराको आसपासका मनोरम दृष्य समेट्दै छायाँकन गरिएको छ । भिडियोलाई स्तरीय बनाउन कुनै पनि कसर बाँकी नराखेको निर्देशक सुदीप बरालले बताए । भिडियोका सम्पादक प्रवीण भट्ट गरेका छन् कोरियोग्रफर मौसम हिमाली हुन् ।