निजी हवाई कम्पनीले रामेछाप- लुक्ला उडान सुरु गर्ने



काठमाडौँ । निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनीले रामेछाप-लुक्ला उडान सुरु गर्ने भएका छन् ।

निजी क्षेत्रका हवाई सेवा प्रदायक कम्पनी तारा एयर, सीता र समिट एयरले असोज ९ गतेदेखि रामेछाप-लुक्ला उडान सुरु गर्ने तय भएको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले जनाएको छ । 


विकट गन्तव्य उडान गर्दै आएका यी वायुसेवा कम्पनीले अन्तर प्रादेशिक उडान विस्तार गर्ने भएका छन् । रामेछाप-लुक्ला गन्तव्य उडानमा विदेशीका लागि एक सय ५७ अमेरिकी डलर, भारतीयका लागि १२ हजार दुई सय ७५, नेपालीका लागि पाँच हजार दुई सय ८० र स्थानीय यात्रु चार्टर उडानका लागि प्रतिव्यक्ति सात हजार ५० भाडादर लागू हुने बताइएको छ ।