दसैंका लागि असोज १ गतेदेखि अग्रिम टिकट बुकिङ खुल्ला गरिने



काठमाडौँ । असोज १ गतेदेखि दशैँका लागि अग्रिम टिकट बुकिङ खुल्ला गरिने भएको छ ।

मंगलबार यातायात व्यवस्था विभागको संयोजकत्वमा बसेको सरोकारवालाहरुको बैठकले असोज १ गतेदेखिनै अग्रिम टिकट बुकिङ खुल्ला गर्ने निर्णय गरेको हो । 


यो निर्णयसँगै उपत्यका छाड्ने यात्रुहरुले अग्रिम टिकट बुकिङ गर्न सक्नेछन् । बसपार्कमा दशैँमा काठमाडौं उपत्यका छाड्नेको भिड लाग्ने गर्दछ ।