थप ३०० जनामा कोरोना सङ्क्रमण पुष्टि



काठमाडाैँ । पछिल्लो समय थप तीन सय जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार सो अवधिमा चार हजार पाँच सय ९० जनाको कोरोना परीक्षण गरिएको थियो । एक सय २४ जना कोरोनाबाट निको भइ घर फर्किएका छन् । निको हुने प्रतिशत ९८.६ प्रतिशत छन् ।


हाल सक्रिय सङ्क्रमितको सङ्ख्या दुई हजार चार सय ५७ जना छ । यस्तै आज कोरोना भाइरसको सङ्क्रमणबाट कसैको पनि मृत्यु भएको छैन । हाल पाँच सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला काठमाडौँ तथा दुई सयभन्दा बढी सङ्क्रमित भएको जिल्ला ललितपुर छ ।

सङ्क्रमित शून्य भएका जिल्लामा मनाङ, मुस्ताङ, हुम्ला, डोल्पा, जुम्ला, पश्चिम रुकुम, मुगु र बझाङ छन् । यस्तै होम आइसोलेसनमा दुई हजार तीन सय आठ जना, संस्थागत आइसोलेसनमा एक सय ४९, सघन उपचार कक्ष (आइसियु)मा ३५ र भेन्टिलेटरमा तीन जनाको उपचार भइरहेको छ ।

पछिल्लो समय कोरोना भाइरसविरुद्धको खोप तीन लाख ५९ हजार ६५ जनाले लगाएका छन् ।