थप ११० जनामा कोरोना संक्रमण पुष्टि, एकको मृत्यु



काठमाडौँ । पछिल्लो २४ घण्टामा नेपालमा थप १ सय १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । 

देशभर गरिएको १ हजार ७ सय ५२ पिसिआर परीक्षणका क्रममा ६० जना र २ हजार ७५ एन्टीजेन परीक्षणका क्रममा ५० जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।


पछिल्लो २४ घण्टामा कोरोनाका कारण थप १ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा थप १ सय २६ संक्रमित कोरोनामुक्त भएका छन् । 

हाल नेपालमा २ हजार ६२ सक्रिय संक्रमित आइशोलेशनमा रहेको मन्त्रालयले जनाएको छ ।