काठमाडाैँ । डा.गोविन्द केसी अनसन बस्न धनगढीतिर प्रस्थान गरेका छन् । आज साँझदेखि अनसन बस्नका लागि उनी काठमाडौँबाट धनगढी प्रस्थान गरेका हुन् ।
आफुले अघि सारेका ६ बुँदे मागको सम्बोधन नभएको भन्दै उनी अनसन बस्न धनगढीतिर लागेका हुन् ।
साँझ ५ बजेदेखि अनसन सुरु गर्न लागेको डा.केसी निकट स्रोतले बताएको छ ।