डा. केसीको जीवन रक्षा गर्न चिकित्सक संघको माग



काठमाडौँ । नेपाल चिकित्सक संघले डा. गोविन्द केसीको जीवन रक्षा गर्न माग गरेको छ । आइतबार संघले विज्ञप्ति जारी गरी डा. केसीको जस्वास्थ्य अवस्था दिनप्रतिदिन गम्भीर बन्दै गएकोमा ध्यानाकर्षण भएको जनाएको छ ।

संघले केसीको जीवन रक्षाका निम्ति अविलम्ब वार्ता निकर्षमा पुर्याई जीवन रक्षा गरिदिन वार्ता टोलीलाई आग्रह गरेको छ । यसअघिका सम्झौता कार्यान्वयन र स्वास्थ्य क्षेत्रमा सुधारका माग राखेर डा. केसी धनगढीमा अनशनरत छन् ।


केसीको स्वास्थ्य अवस्था बिग्रिदै गएको भन्दै सेती प्रादेशिक अस्पतलाले सुविधा सम्पन्न अस्पतालमा लैजान आग्रह गरेको छ ।