ठमेलमा कांग्रेसको ‘विद्रोही’ पक्षको भेला, समानुपातिक सूची सच्याउन माग



काठमाडौँ । नेपाली कांग्रेसको संस्थापन इतर समूहले समानुपातिकको बन्दसूची सच्याउन पार्टी नेतृत्वसँग माग गर्दै पार्टीको केन्द्रीय कार्यालयमा धर्ना दिने भएको छ ।

ठमेलस्थित एक होटलमा आज बसेको बैठकले आगामी १२ गते पार्टी केन्द्रीय कार्यालय, सानेपामा एक घण्टा धर्ना दिने निर्णय गरेको हो । धर्ना कार्यक्रम मध्यान्ह् १२ बजेदेखि १ बजेसम्म तय भएको छ । कोइराला समुहले १४ गतेसम्म पनि समानुपातिक सुची नसच्याए विरोधका थप कार्यक्रम तय गर्ने समेत चेतावनी दिएको छ ।


बैठकमा सहभागी कांग्रेस नेता भूपेन्द्रजंग शाहीले समानुपातिकको बन्दू सूची बनाउँदा संस्थापन पक्षले मनोमानी गरेकोले आन्दोलनको विकल्प नभएको बताए । उनले आफूहरुले उठाएका एजेण्डामा पार्टी नेतृत्व अनुदार देखिए कठोर निर्णय लिन बाध्य हुने बताए । कोइराला पक्षले शनिबार मात्रै काठमाडौँमा खबरदारीसभा गरेको थियो ।