झापामा हात्तीको आक्रमणबाट एकको मृत्यु



झापा । हात्तीको आक्रमणबाट झापाको मेचिनगर–९ मा एक व्यक्तिको मृत्यु भएको छ ।

मेचिनगर–९ थोप्लेबिरान सामुदायिक वन क्षेत्रअन्तर्गत भित्री सडकखण्डमा दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको मे ७ प २०४६ नं को स्कुटरमा सवार बुद्धशान्ति–५ बस्ने ३४ वर्षीया सम्झना श्रेष्ठ जङ्गली हात्तीको आक्रमणबाट गर्दा घाइते भएकी थिइन् । उनको उपचारका क्रममा आज साँझ मृत्यु भएको हो ।