जर्मनी ऊर्जा युद्धमा रहेको जर्मनेली अर्थमन्त्रीको भनाइ



जर्मनीका अर्थमन्त्रीले बर्लिन भ्लादिमिर पुटिन र रूससँग ‘ऊर्जा युद्ध’ मा फसेको बताएका छन् ।

“हामी समृद्धि र स्वतन्त्रताको लागि ऊर्जा युद्धमा फसेका छौं,” अर्थमन्त्री क्रिश्चियन लिन्डनरले पत्रकारहरूसँग भने । “ऊर्जा शक्तिविरुद्धको विशाल कवच “पुटिनको लागि स्पष्ट जवाफ हो । हामी आर्थिक रुपमा सबल छौं ।”


रूसबाट जर्मनीसम्म चलिरहेको ग्याँस पाइपलाइनहरूमा विनाशकारी चुहावटबारे चर्चा गर्दै उनले भने, “बाल्टिक सागरमा अज्ञात व्यक्तिहरूद्वारा तोड़फोड़पछि स्थिति गम्भीर भएको छ ।”

रूसले युक्रेनविरूद्ध आक्रमण सुरू गरेपछि यूरोपले रूसविरूद्ध आर्थिक तथा सामाजिक नाकाबन्दी लगाएको घोषणा गरेको छ । यसले खासगरी इन्धन काम लागि धनी मानिने रूसलाई आफ्नो इन्धन विक्रीमा समस्या भएको छ ।

रूसले आफ्नो इन्धन बजारलाई युरोपबाट एशियाली क्षेत्रतर्फ बिस्तार गर्ने वैकल्पिक मार्गको खोजी गरिरहेको छ भने युरोपेली मुलुकहरूले पनि इन्धनको लागि रूसमाथिको परनिर्भरतालाई व्यवस्थापन गर्ने बताउँदै आएका छन् ।