चिनियाँ राष्ट्रपतिद्वारा छ देशमा राजदूत नियुक्त



चीनको तर्फबाट छ देशका लागि नयाँ राजदूतहरू नियुक्त गरिएको छ ।   चिनियाँ नेशनल पिपल्स काँग्रेस अन्तर्गतको स्थायी कमिटीको निर्णय अनुसार ती राजदूतहरू नियुक्त भएका हुन् । उनीहरूलाई राष्ट्रपति सि जिनपिङले नियुक्त गरेकाे

अधिकारीहरूले जानकारी दिएका छन् । 


नयाँ राजदूत मध्ये गाबोनका लागि लि जिन्जीनलाई जिम्मेवारी दिइएको छ । त्यस ठाउँमा पहिला हु चाङचुनले जिम्मेवारी निर्वाह गरेका थिए । त्यसैगरी गाम्बीयाका लागि चिनियाँ राजदूतको रुपमा लिउ जिनलाई नियुक्त गरिएको छ । त्यहाँ यसअघि मा जियन्चुनले जिम्मेवारी सम्हालेका थिए । 

त्यसैगरी पूर्वी अफ्रिकी मुलुक मालावीमा लिउ होङयाङको सट्टामा लोङ झाउलाई पठाइएको छ ।  युरोपेली मुलुक लक्ष्यमबर्गमा चिनियाँ राजदूतको भूमिका निर्वाचन गर्दै आउनु भएकी याङ छिओरोङलाई फिर्ता गरिएको छ । उनको ठाउँमा हु निङलाई पठाइएको छ । 

त्यसैगरी भुनअटुमा लि मिन्गाङलाई राजदूत बनाइएको छ । त्यहाँ यसअघि झोउ हाइचेङले जिम्मेवारी निर्वाह गरेका थिए । चीनले पेरुका लागि सोङ याङलाई राजदूत बनाएको छ । यसअघि पेरुमा चिनियाँ राजदूतको रुपमा काम गर्नु भएका लियाङ युलाई अहिले फिर्ता गरिएको छ ।