चितवनमा चाडपर्व लक्षित मूल्यसूची



चितवन । चितवनमा किराना व्यवसायी सङ्घले खाद्यान्नको चाडपर्व लक्षित मूल्यसूची सार्वजनिक गरेको छ । सङ्घले बैठकको निर्णय अनुसार दसैँ, तिहार र छठ पर्वलाई लक्षित गरेर किराना सामानको मूल्यसूची शनिबार सार्वजनिक गरेको हो ।

चाडपर्वलाई लक्षित गरेर विशेष छुट दिएर किराना सामानको मूल्यसूची निर्धारण गरिएको किराना व्यवसायी सङ्घ–चितवनका अध्यक्ष हरिराज पौडेलले जानकारी दिए । अधिकतम खुद्रा मूल्य अङ्कित सामान सोही मूल्यमा बिक्री गर्न सङ्घले किराना व्यवसायीलाई आग्रह गरेको छ ।