कार्यव्यवस्था परामर्श समिति सदस्य हेरफेर



काठमाडाैँ । प्रतिनिधिसभाको आजको बैठकले कार्यव्यवस्था परामर्श समितिमा सदस्यको नाम हेरफेर गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभा नियमावली, २०७५ को नियम १३ बमोजिम गठित कार्यव्यवस्था परामर्श समितिमा सदस्यको मनोनयन गरेका हुन् । जसअनुसार सांसद पुष्पा भुसाल गौतम र बहादुरसिंह लामा तामाङको स्थानमा सांसद चित्रलेखा यादव र मीनबहादुर विश्वकर्मालाई मनोनयन गरिएको छ ।


सभामुख सापकोटाले सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २५ र २७ बमोजिम गठित संसदीय सुनुवाइ समितिमा सांसद पुष्पा भुसाल गौतमको स्थानमा सांसद मीनबहादुर विश्वकर्मालाई मनोनयन गरेका हुन् । सभामुखले प्रस्ताव गरेकाे उक्त प्रस्तावलाई सभाले सहमति जनाएको थियो ।

त्यसैगरी सङ्घीय संसद्को संयुक्त बैठक र संयुक्त समिति (कार्यसञ्चालन) नियमावली, २०७५ को नियम २७ को उपनियम २ बमोजिम गठित राज्यका निर्देशक सिद्धान्त, नीति र दायित्वको कार्यान्वयन अनुगमन तथा मूल्याङ्कन समितिमा सांसद देवप्रसाद तिमल्सिनाको स्थानमा डा मीनेन्द्रप्रसाद रिजालको नाम हेरफेर गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले प्रस्ताव गरेकाे उक्त प्रस्तावलाई सभाले पारित गरेको थियो ।