काठमाडौँ । सर्वोच्च अदालतको कामु प्रधानन्यायाधीशमा वरिष्ठतम् न्यायाधीश हरिकृष्ण कार्की नियुक्त भएका छन् ।
६५ वर्षे उमेरहदका कारण कामु प्रधानन्यायाधीश दीपककुमार कार्की असोज २५ गतेदेखि अनिवार्य अवकाशमा जानेभएकोले उनलाई मन्त्रिपरिषदको बैठकले नियुक्त गरेको हो । कामु प्रधानन्यायाधीशको जिम्मेवारी कार्कीले आजैदेखि सम्हाल्नेछन् ।