एमाले प्रवेश गर्दै सर्वेन्द्र खनालले भने- कमरेड ओलीजत्तिको अर्को राजनेता कतै भेटिन



काठमाडौँ । नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल नेकपा (एमाले)मा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ‌ओलीले पार्टी केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा खनाललाई पार्टीमा स्वागत गरेका छन् । 

पार्टी प्रवेशपछि खनालले अध्यक्ष ओलीको गुनगान गाउदै भने, ‘प्रहरी सेवाकालमा ओलीजत्तिको अर्को कुनै राजनेता कतै भेटिन ।’ आफूले करिब ७ जना प्रधानमन्त्री फेरेको बताउँदै भने, ‘किशुनजीदेखि मेरो जागिरको दौरानमा अध्यक्ष कमरेड जत्तिको राजनेता अर्को कोही भेट्टाइनँ । म उहाँका कुराबाट लालायित हुन्थेँ ।’


उनले ओलीले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर एमाले प्रवेश गरेको बताए । खनालले भने, ‘अध्यक्ष कमरेडले राष्ट्र र नागरिकप्रतिको भूमिकालाई देखेर उहाँको पार्टीमा प्रवेश गरेको हुँ ।’