आशिष अविरल र अञ्जु पन्तको ‘छुनुमुनु छुनुमुनु’



काठमाडौँ । गायिका अञ्जु पन्त र आशिष अविरलको स्वर रहेको गीत छुनुमुनु छुनुमुनुको भिडियो सार्वजनिक गरिएको छ । शुक्रबार राजधानीमा आयोजित कार्यक्रममा म्युजिक भिडियो सार्वजनिक गरिएको हो । गीतको भिडियो आशिष अविरलको च्यानलबाट सार्वजनिक गरिएको छ ।

गायक अविरलको एरेञ्ज तथा संगीत रहेको गीतको शब्द रचना एक नारायण भण्डारीले गरेका हुन् । गीतको भिडियोमा कार्टुन क्रुजका सरोज अधिकारी र आश्मा विश्वकर्मालाई फिचर्ड गरिएको छ । गीतको भिडियोलाई सरोज अधिकारीले निर्देशन गरेका हुन् । पवन सुसलिङ खिचेका भिडियोलाई सुरज अधिकारीले सम्पादन गरेका हुन् ।