‘आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जित्छ’-झाँक्री



काठमाडाैँ । नेकपा (एकीकृत समाजावादी) काे केन्द्रीय सचिव रामकुमारी झाँक्रीले आगामी निर्वाचनमा जनताका मुद्दा उठाउनेले जीत हासिल गर्ने बताएकी छन् । रिपोर्टर्स क्लब नेपाल लुम्बिनी प्रदेशले आज बुटवलमा गरेको साक्षात्कारमा नेता झाँक्रीले देश र जनताको हितमा स्पष्ट योजना बनाएर निर्वाचनमा जानेलाई जनताको साथ मिल्ने स्पष्ट पारिन् ।

नेकपा (एमाले) ले समृद्धिका नाममा ल्याएका पानीजहाज, रेल, जस्ता हावादारी गफमा जनता नअल्मलिने बताउँदै उनले स्थानीय माग र आवश्यताका आधारमा स्पष्ट एजेण्डा ल्याउनेलाई जनताले मत दिने उल्लेख गरिन् । मुलुकको हितका लागि दीर्घकालीन नीति र एजेण्डा स्थापना गर्नुपर्ने भएकाले मुलुकमा गठबन्धन आवश्यक रहेको उनको भनाइ थियो ।