सोनाली फोगाट हत्या आरोपमा दुई जना पक्राउ



भारतीय जनता पार्टीकी नेतृ सोनाली फोगाटको हत्यामा संलग्न भएको आशङ्कामा दुई जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । फोगाट भूतपूर्व टिकटक स्टार थिइन् । ती सन्दिग्ध व्यक्तिहरू बिहीवार साँझ पक्राउ परेका हुन् । फोगाटको पोस्टमोर्टमका क्रममा उनको शरीरमा कैयौँ चोट पाइएपछि ती व्यक्तिहरू पक्राउ परेका हुन् ।

फोगाट ४२ वर्षकी थिइन् र उनको अगस्ट २२ मा पश्चिमी राज्य गोवा भ्रमणका बेला मृत्यु भएको थियो । तर उनको परिवारले उक्त दाबीलाई अस्वीकार गर्दै फोगाटकै सहयोगीहरूले उनको हत्या गरेको आरोप लगाएका थिए ।


उनका दुईजना निजी सहयोगीको नाम लिँदै सोनाली फोगाटका भाइले ती सहयोगीहरूले भिडिओ बनाएर ब्ल्याकमेल गर्ने गरेको आरोप लगाएका छन् ।

उनले फोगाटको बलात्कारपछि हत्या भएको दाबी गरेका छन् । समाचार च्यानल एनडीटीभीलाई उनले बताएअनुसार ती व्यक्तिले फोगाटलाई उनको राजनीतिक जीवन ध्वस्त बनाइदिने भन्दै धम्की दिने गरेका थिए । त्यस्तै उनले फोगाटका सम्पत्तिसम्बन्धी कागजपत्र र एटीएम कार्डसहित केही व्यक्तिगत सामग्रीहरू ती व्यक्तिले कब्जा गरेको आरोप लगाएका छन् ।

परिवारले पत्रकारहरूलाई फोगाटले उनको मृत्यु हुनुभन्दा केही समयअघि उनीहरूसँग कुरा गरेको बताएको छ। त्यस बेला उनको बोली निकै डराएको र विचलित भए जस्तो सुनिएको थियो।