संसदीय समितिमा सदस्यहरु हेरफेर



काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतका विभिन्न समितिमा सांसद सदस्यहरुको नाम हेरफेर गरिएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिभिसभा नियमावली २०७५ को नियम १७२ बमोजिम गठित विभिन्न समितिमा सदस्यहरुको नाम हेरफेर गरेका हुन् ।

उक्त प्रस्तावित हेरफेरमा बैठकले सहमति जनाएको थियो । हेरफेर गरिएका समितिमा क्रमशः सांसद रामकुमारी झाँक्री अर्थसमिति, कृष्णकुमार श्रेष्ठ राज्य व्यवस्था तथा सुशासन समिति, विरोध खतिवडा सार्वजनिक लेखा समिति, धनबहादुर बुढा शिक्षा तथा स्वास्थ्य समिति रहेका छन् ।