माओवादीमा २१ सदस्यीय पदाधिकारी, महासचिवमा देव गुरुङ



काठमाडौँ । नेकपा माओवादी केन्द्रमा २१ जना पदाधिकारी हुने भएका छन् । शनिबार पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले २१ जनाको पदाधिकारी राख्ने प्रस्ताव गर्दै नाम प्रस्ताव गरेका हुन् ।

प्रचण्डले महासचिवमा देव गुरुङको नाम प्रस्ताव गरेका छन्। बैठकमा प्रचण्डले एक अध्यक्ष, एक वरिष्ठ उपाध्यक्ष, एक उपाध्यक्ष, एक महासचिव, ७ उपमहासचिव, ९ सचिव र एक कोषाध्यक्षको प्रस्ताव गरेका हुन्। गत पुसमा भएको महाधिवेशनले भने १५ जना पदाधिकारी रहने निर्णय गरेको थियो।
अध्यक्ष : पुष्पकमल दाहाल ‘प्रचण्ड’
वरिष्ठ उपाध्यक्ष : नारायणकाजी श्रेष्ठ
उपाध्यक्ष : कृष्णबहादुर महरा
महासचिव : देव गुरुङ
उपमहासचिव : वर्षमान पुन, पम्फा भुसाल, जनार्दन शर्मा, हरिबोल गजुरेल, गिरिराजमणि पोखरेल, शक्ति बस्नेत र मात्रिका यादव,
सचिव : दिनानाथ शर्मा, चक्रपाणि खनाल, देवेन्द्र पौडेल, लीलामणि पोखरेल, गणेश शाह, हितमान शाक्य, हितराज पाण्डे, डिलाराम आचार्य र राम कार्की


कोषाध्यक्ष : श्रीराम ढकाल