मंसिरको चुनावपछि एमाले सरकार बनेन भने देश बर्बादीमा जान्छ : केपी ओली



झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धनको सरकार बनेको एक बर्षमा देश तहसनहस भएको आरोप लगाएका छन् ।

शनिबार झापाको बिर्तामोडमा प्रोग्रेसिभ इन्जिनियर्स एसोसिएसनको दोस्रो प्रदेशस्तरीय अधिवेशनको उद्घाटन गर्दै अध्यक्ष ओलीले सत्ता गठबन्धनकै सरकारका कारण बेतिथि उत्कर्षमा पुगेको आरोप लगाएका हुन् ।


उनले मंसिर ४ गतेको निर्वाचनपछि नेकपा एमालेको सरकार बनेन भने देश झन् बर्बादीतर्फ जाने चेतावनी दिए। परमादेशबाट बनेको सरकारले जनादेश प्राप्त गरेर फेरि पनि अहिले सरकारमा भएका दलहरूको सरकार बनाएमा त्यो सरकारले मान्छे कुट्दै हिँड्ने उनले दाबी गरे ।

झापाको बिर्तामोडमा भौतिक पूर्वाधार तयार भइसकेको इन्जिनियरिङ कलेज सञ्चालनका लागि इन्जिनियरिङ कलेजहरूकै सिन्डिकेटका कारण सञ्चालन हुन नसकेको ओलीले बताए । आफूले उक्त कलेज सञ्चालनका लागि जोडबल गरिरहेको बताए ।