म संसदको सम्मानका लागि मात्रै जवाफ दिन आएको हो, महाभियोग निष्क्रिय भइसक्योः प्रधानन्यायाधीश जबरा



काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले आफूविरुद्धको महाभियोग निष्क्रिय भइसकेको बताएका छन् ।

बुधबार संसदको महाभियोग सिफारिस समितिसँग बयान दिने क्रममा प्रधानन्यायाधीश जबराले आफूले कानुन बाहिर गएर काम नगरेको दाबी गर्दै महाभियोग निष्क्रिय भएको बताएका हुन् ।


उनले आफू संसदको सम्मानका लागि मात्रै जवाफ दिन आएको बताए । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित नभएको भन्दै उनले आफूले यहाँबाट न्याय पाउनुपर्ने बताए ।

‘महाभियोग प्रस्ताव निष्क्रिय भइसकेको छ । म संसद्को सम्मानsf लागि नागरिकका हिसाबले आएको हुँ । यो प्रस्ताव संविधान र नियमावली संसद्ले पारित गरेन,’ उनले भने, ‘मैले यहाँबाट न्याय पाउनुपर्छ ।’

उनले अदालतमा गुटबन्दी हुनुको कारण आफूपछिका न्यायाधीश दीपक कार्कीलाई प्रधानन्यायाधीश बनाउने महत्वाकांक्षा रहेको बताए । कार्कीलाई प्रधानन्यायाधीश बनाउनुपर्ने प्रस्ताव आफूकहाँ आएको र त्यसलाई अस्वीकार गरेको उनले बताए ।

उनले भने, ’मैले यसरी न्यायपालिका चल्दैन भनेर अस्वीकार गरेको हो । दीपक कार्कीजीलाई पनि त्यो इच्छा होला नि। उहाँलाई प्रधानन्यायधीश बनाउन गरिएको हो यो सब गुटबन्दी पनि।’ आफूमाथि महाभियोग लगाउने कार्य न्यायपालिकालाई कमजोर पार्ने खेल भएको जबराको भनाई थियो ।