भैँसै–भीमफेदी सडकखण्ड सञ्चालन



मकवानपुर । अविरल वर्षाका कारणले पहिरो जाँदा अवरुद्ध भएको हेटौँडा–काठमाडौँ जोड्ने छोटो मार्ग भैँसे–भीमफेदी सडकखण्डमा यातायात सञ्चालनमा भएको छ ।

आज दिउँसो भीमफेदी गाउँपालिका–२ स्थित माथिबाट खसेको लेदो माटोसहितको पहिरोका कारण अवरुद्ध भैँसे–भीमफेदी सडकखण्डमा करिब ३ घण्टापछि पुनःसञ्चालनमा आएको इलाका प्रहरी कार्यालय भीमफेदीको प्रहरी निरीक्षक प्रतिमा कार्कीले बताए ।


पहिराले सडक अवरुद्ध हुँदा काठमाडौँबाट कुलेखानी–भीमफेदी हुँदै हेटौँडातर्फ आउने र हेटौँडाबाट भीमफेदी हुँदै काठमाडौँतर्फ जाने सवारीसाधन रोकिएका थिए ।