बुटवलको बेलबासमा भएको सवारी दुर्घटनामा बाबु छोराको मृत्यु



बुटवल । बुटवलको बेलबासमा भएको सवारी दुर्घटनामा परी बाबु छोराको मृत्यु भएको छ। दुर्घटनामा परि मृत्यु हुनेमा बुटवल उपमहानगरपालिका–१३ बेलवासका ४५ वर्षीय सोनु भट्टराई र उनका ५ वर्षीय छोरा निशान भट्टराई रहेका छन् ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख ठगबहादुर केसीका अनुसार बुधबार दिउँसो पूर्व पश्चिम महेन्द्र राजमार्गको बुटवल जितपुर सडकखण्ड अन्तरगत बुटवल उपमहानगरपालिका वडा नम्बर १३ बेलवास चोकमा पूर्वबाट पश्चिमतर्फ गइरहेको लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल र पश्चिमबाट बुटवल तर्फ गइरहेको लु ४८ प ३२४६ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किएका थिए ।


ठोक्किएका मोटरसाइकल मध्ये बावु छोरा सवार लु ४१ प ४१६८ नम्बरको मोटरसाइकल पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको लु १ क ४४२४ नम्बरको ट्याङकर मुनी परेको प्रहरीले जनाएको छ ।

दुर्घटनाबाट गभ्मीर घाइते बाबु छोरालाई उपचारको लागि लुम्बिनी प्रादेशिक अस्पतालमा लगिएकोमा अस्पतालले मृत घोषणा गरेको थियो ।

दुर्घटनामा बुटवल–१३ का १५ वर्षीय आयुष आचार्य र पाल्पा रामपुर २ का २३ वर्षीय अमृत सुनारी मगर घाइते भएका छन् । गम्भीर घाइते उनीहरुको लुम्बिनी प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ