फोहोर व्यवस्थापन र महंगी नियन्त्रणमा ध्यान दिन सत्ता गठबन्धनद्वारा सरकारको ध्यानाकर्षण



काठमाडौँ । सत्ता गठबन्धनले काठमाडौँ उपत्यकाको फोहोर व्यवस्थापन र महंगी नियन्त्रणका लागि सरकारको ध्यानाकर्षण गर्ने निर्णय गरेको छ ।

आइतबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकले काठमाडौंको फोहोर व्यवस्थापनको विषय चुनौती बनेका कारण सरकारले सहजीकरण गर्नुपर्ने सुझाव दिने निर्णय गरेको हो । सिसडोल र बञ्चरेडाँडाका स्थानीयले फाहोर फाल्न पटकपट अवरोध गरेपछि काठमाडौंका सडकमा फोहोरका डंगुर थुप्रिन थालेका छन् ।


महानगरको एकल प्रयासले फोहोर व्यवस्थापनको विवाद समाधान नहुने भन्दै सरकारलाई सहजीकरण गर्न सुझाव दिने निर्णय गरेको हो ।

त्यस्तै महंगी नियन्त्रणका लागि बजार अनुगमन गर्न संयन्त्र बनाउन गठबन्धनले सरकारलाई सुझाव दिएको एक नेताले जानकारी दिए । बैठकमा मंसिर ४ मा हुने चुनावलगायत समसामयिक राजनीतिबारे पनि छलफल भएको थियो।