फिलिपिन्समा कोरोनाबाट एक दिनमा २५ सय सङ्क्रमित, ५४ को मृत्यु 



फिलिपिन्समा कोरोना भाइरसबाट पछिल्लो एक दिनमा ५४ जनाको मृत्यु भएको छ ।  पछिल्लो समय फिलिपिन्समा कोरोना भाइरसबाट सङ्क्रमित र मृतकको सङ्ख्या धेरै देखिएको अधिकारीहरूले जनाएका छन् ।  

उनीहरूका अनुसार पछिल्लो २४ घण्टामा दुई हजार पाँच सय ६५ जना नयाँ सङ्क्रमित भएका हुन् । योसँगै फिलिपिन्समा अहिलेसम्म कुल सङ्क्रमितहरूको सङ्ख्या ३८ लाख ७२ हजार चार सय पाँच पुगेको छ । 


दक्षिणपूर्वी एसियाली यस मुलुकमा अहिले कोरोना भाइरसबाट सङ्क्रमित अवस्थामै रहेकाहरूको सङ्ख्या भने २९ हजार आठ सय सात रहेको छ ।  देशको स्वास्थ्य विभागले शनिबार दिएको जानकारी अनुसार फिलिपिन्समा अहिलेसम्म कोरोनाका कारण ६१ हजार छ सय १३ जनाको मृत्यु भएको छ ।