फिजी एक चीन नीतिप्रति प्रतिबद्ध



फिजीका प्रधानमन्त्री भोरेके बैनीमारामाले एक चीन नीतिप्रति आफ्नो देशको प्रतिबद्धता दोहोर्याएका छन् । उनले सोमबार न्युजिल्यान्डस्थित रेडियो तरानासँगको अन्तर्वार्तामा चीन-फिजी सम्बन्ध बलियो भएको बताएका हुन्।

“म सबैलाई स्पष्ट पार्न चाहन्छु । हामी एक चीन नीतिप्रति प्रतिबद्ध छौँ । चीन फिजी र प्रशान्त क्षेत्रको लागि महत्त्वपूर्ण विकास साझेदार हो,” उनले भने । बैनीमारमाले चीन र फिजीबीचको घनिष्ट सहयोगको थप उल्लेख गर्दै “चीनसँग फिजीको द्विपक्षीय सम्बन्ध बलियो रहेको र यसले पारस्परिक सहयोगका धेरै क्षेत्रहरू ओगटेको बताएका छन् ।


यो वर्ष हामीले चीनसँग कूटनीतिक सम्बन्ध स्थापना गरेको ४७ वर्ष पूरा भएको छ। विश्वव्यापी महामारीको समयमा पनि फिजीले चीनबाट विभिन्न किसिमका सहयोग आदानप्रदान, क्षमता निर्माण, पूर्वाधार, लगानी, व्यापार, रक्षा र चिकित्सा लगायत सहायता पनि प्राप्त गरेको छ।