प्रधानमन्त्री देउवालाई भेट्न ओली बालुवाटारमा



काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न बालुवाटार पुगेका छन् । अध्यक्ष ओली प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका हुन् ।

दुई नेताबीच भेटवार्ता जारी छ । भेटमा ओली पछिल्लो राजनीतिक घटनाक्रमका विषयमा प्रधानमन्त्रीसँग छलफल भइरहेको बताइएको छ । उनीहरुबीच आगामी निर्वाचन, संक्रमणकालीन न्यायसम्बन्धी संसदमा पेश भएको विधेयकका बारेमा कुराकानी भइरहेको बताइएको छ ।