प्रचण्ड र जापानको लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेताबीच उच्च तहको भ्रमण आदानप्रदान गर्नेबारे छलफल



काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जापानको सत्तारुढ दल लिवरल डेमोक्रेटिक पार्टीका वरिष्ठ नेता एवं पूर्वअर्थ, व्यापार तथा उद्योगमन्त्री तोसिहिरो निक्कइसँग भेट गरेका छन् ।

पाँच दिनको जापान भ्रमणमा रहेका प्रचण्डले मंगलबार राजधानी टोकियोमा जापानी नेता निक्कइसँग भेटवार्ता गरेका हुन् । भेटका क्रममा दुई देशबीच आपसी सम्बन्धलाई अझ सुदृढ गर्न उच्च तहका भ्रमणहरूको आदानप्रदान गर्नेबारे छलफल भएको थियो ।


भेटमा नेपालको कृषि, पर्यटन, जलविद्युत लगायत क्षेत्रमा जापानले दिँदै आएको सहयोगलाई वृद्धि गर्ने सम्बन्धमा छलफल भएको छ ।

जापानमा रहँदै आएका नेपाली समुदायको निमन्त्रणामा जापान पुगेका प्रचण्डले अधिकांश समय नेपाली समुदायसँग विताएका छन् । यसअघि उनले जापानका पूर्वप्रधानमन्त्री सिन्जो आबेको निधनप्रति दुःख व्यक्त गरेका थिए ।