पूर्वबक्सिङ च्याम्पियन फोरम्यानविरुद्ध मुद्दा



झण्डै पाँच दशकअघि आफूहरूमाथि यौन दुव्र्यवहार भएको दाबी गर्दै यहाँका दुई जना महिलाले पूर्वबक्सिङ च्याम्पियन जर्ज फोरम्यानविरुद्ध मुद्दा दायर गरेका छन् ।

सन् १९७० को दशकमा आफूहरू किशोरावस्थामा रहेको र सहमतिको उमेरभन्दा कम समयमा आफूमाथि यौन उत्पीडन भएको आरोप फोरम्यानविरुद्ध लगाउँदै उनीहरूले लस एन्जलस उच्च अदालतमा मुद्दा दायर गरेका हुन् ।


त्रिहत्तर वर्षीय फोरम्यानले आफूमाथि लगाइएका आरोपको खण्डन गर्दै आफ्नो र आफ्नो परिवारबाट लाखौँ डलर लुट्ने प्रयासस्वरुप मुद्दा दायर गरिएको वक्तव्य एबिसी न्यूजलाई दिएका छन् ।

उनले आफू झगडा नगर्ने तर कलह चाहनेहरूबाट नभाग्ने बताउँदै झुठा आरोप लगाउनेहरूको पर्दाफास गर्ने जनाएका छन् ।