![](https://exclusivenewstime.com/wp-content/uploads/2021/06/bhetghat-ad.gif)
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/07/MAYA-GIF.gif)
काठमाडाैँ । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री डा. नारायण खड्काले उनका समकक्षी चिनियाँ विदेशमन्त्री वाङ यीबीच भेटवार्ता भएको छ ।
बुधबार साँझ परराष्ट्रमन्त्री खड्का र चिनियाँ विदेशमन्त्री यीबीच सान्दोङ प्रान्तको छिङ्दावमा भेटवार्ता भएको परराष्ट्र मन्त्रालयले जनाएको छ । भेटमा द्विपक्षीय हित र साझा सरोकारबारे क्षेत्रमा सहयोग अभिवृद्धि गर्न सहमत भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।
![](https://exclusivenewstime.com/wp-content/uploads/2021/12/EVEREST.gif)