थप ५४२ जनामा काराेना संक्रमण पुष्टि



काठमाडाैँ । नेपालमा थप ५ सय ४२ जनामा कोरोना संक्रमण पुष्टि भएकाे छ ।

कुल ४ हजार ९३० जनामा गरिएको परीक्षणका क्रममा ५४२ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। 


मन्त्रालयका अनुसार पछिल्लाे २४ घण्टामा ४२१ जना संक्रमणमुक्त भएका छन्  । यस्तै सो अवधिमा कसैको पनि मृत्यु भएको छैन । 

हाल देशभर ५ हजार २५६ जना सक्रिय संक्रमित रहेका छन् ।