थप ४४४ जनामा काराेना संक्रमण पुष्टि, तीन जनाको मृत्यु



काठमाडाैँ । नेपालमा थप ४४४ जनामा काराेना संक्रमण पुष्टि भएकाे छ ।

पछिल्लो २४ घण्टामा देशभरबाट ४९५४ नमूना परीक्षण गर्दा ४४४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।


मन्त्रालयका अनुसार पीसीआर विधिबाट १९९६ र एन्टिजेनबाट २९५८ नमूनाको परीक्षण गर्दा पीसीआरबाट २११ र एन्टिजेनबाट २३३ नमूनाको रिपोर्ट पोजिटिभ आएको हो ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोनाको कारण थप तीन जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा ३०७ जना संक्रमित निको हुँदा तीन जनाको मृत्यु भएको हो । 

हाल सक्रिय संक्रमितको संख्या ४१९९ रहेकाे छ ।